
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आज साउन १२ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैंयाँ १३ पैंसा र बिक्रीदर १३८ रुपैंयाँ ७३ पैंसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६२ रुपैंयाँ १९ पैंसा र बिक्रीदर १६२ रुपैंयाँ ९० पैंसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैंयाँ ६३ पैंसा र बिक्रीदर १८६ रुपैंयाँ ४३ पैंसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैंयाँ ७८ पैंसा र बिक्रीदर १७४ रुपैंयाँ ५४ पैंसा कायम गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैंयाँ ३५ पैंसा र बिक्रीदर नौ रुपैंयाँ ३९ पैंसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैंयाँ २७ पैंसा र बिक्रीदर १९ रुपैंयाँ ३५ पैंसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैंयाँ ८२ पैंसा र बिक्रीदर ३६ रुपैंयाँ ९८ पैंसा, कतारी रियाल एकको खरिददर ३७ रुपैंयाँ ७९ पैंसा र बिक्रीदर ३७ रुपैंयाँ ९६ पैंसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैंयाँ ७० पैंसा र बिक्रीदर ९१ रुपैंयाँ १० पैंसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैंयाँ ८१ पैंसा र बिक्रीदर १०१ रुपैंयाँ २५ पैंसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैंयाँ ८० पैंसा र बिक्रीदर १०८ रुपैंयाँ २७ पैंसा निर्धारण गरिएको छ ।
युएई दिराम एकको खरिददर ३७ रुपैंयाँ ६१ पैंसा र बिक्रीदर ३७ रुपैंयाँ ७७ पैंसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैंयाँ ७२ पैंसा र बिक्रीदर ३२ रुपैंयाँ ८६ पैंसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैंयाँ ९० पैंसा र बिक्रीदर ४५४ रुपैंयाँ ८७ पैंसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैंयाँ ३९ पैंसा र बिक्रीदर ३६७ रुपैंयाँ ९८ पैंसा रहेको छ ।
राष्ट्र बैङ्कले भारतीय रुपैंयाँ एक सयको खरिददर १६० रुपैंयाँ र बिक्रीदर १६० रुपैंयाँ १५ पैंसा तोकेको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्