२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

बँदेलको आक्रमणबाट सात जना घाइते



घाइते टेकबहादुर शाही

दैलेख – दैलेखको राकममा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयहरुलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

आठबीस नगरपालिका–३ को जाक्सीमा बँदेल धपाउन जम्मा भएका आठबीस नगरपालिका–२ का २९ वर्षीय टेकबहादुर शाही, वडा नं. ३ का ४५ वर्षीय रामबहादुर बडुवाल, २२ वर्षीय विकास कार्की र निरज कार्की सख्त घाइते भएका अरु तीन जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयो ।

घाइते मध्ये टेकबहादुर शाही अझैं गम्भीर घाइते भएको थप उपचारका लागि सुर्खेत पठाइएको आठबीस नगरपालिकाका उपमेयर कल्पना थापाले पहरेदारलाई बताउनुभयो । बाँकी घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मानववस्तीलाई आतंकित बनाउने उक्त बँदेल मारिएकाे जानकारी आएकाे छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार