२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

रोपाइँ मै चट्टयाङ : एकको मृत्यू, चार घाइते



सुर्खेत – जिल्लाको भेरीगंगा नगरपालिका–८ कुइरेमा आज दिउँसो ३ बजेतिर रोपाइँ भइरहेको गडामा चट्टयाङ पर्दा छिमेकीको काममा सघाउन परिम गएका एक जनाको मृत्यू भएको छ । त्यही चट्टयाङले अरु चार जना घाइते भएका छन् ।

खेतमा रोपाइँ गरिरहेको बेला परेको चट्टयाङले २७ वर्षीय डिल बहादुर शाही गम्भीर घाइते भएकामा मेहलकुना अस्पतालमा पु¥याएर उपचार चलिरहेको बेला मृत्यू भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नावय उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

घटनामा घाइते भएका अरु चार जना १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीया सुनिता गिरीको मेहलकुना अस्पतालमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक र घाइते सबै भेरीगंगा नगरपालिका–८ का वासिन्दा हुन् ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार