२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

एकल महिलाहरुलाई अगरबत्ति बनाउने तालिम



दैलेख – सामाजिक विकास कार्यालय दैलेख एकल महिलाहरुका लागि एक हप्ते अगरबत्ति बनाउने ज्ञान र सीप दिएको छ । जिल्लाभरका २२ जना एकल महिलाहरुलाई दिइएको उक्त तालिमबाट आफूहरुले उपार्जनको काम गर्न सक्ने आँट बढाएको दुल्लूको कमला सापकोटाले सुनाउनुभयो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र तालिमको वितरण गर्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले उद्यम गर्न खोज्ने एकल महिलाहरुको संस्थागत पहलबाट जान सके स्थानीय सरकारले पनि उद्यम गर्न चाहने महिलाहरुका लागि अनुदान सहयोग दिन सक्ने भएकोले पहल गर्न आग्रह गर्नुभयो ।

सामाजिक विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख राजेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, तालिम प्रशिक्षक टिकादेवी जैसी लगायतले उद्यमशीलता र यसको महत्व बारे प्रकाश पार्नुभयो ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार