२०८२ असार १२ , बिहीबार (2025 Jun 26, Thursday)

दैलेखमा कसको बजेट कति ?



दैलेख – नौमूले गाउँपालिकाले अस्ति असार ८ गते नै आगामी वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याइसकेको थियो । दैलेखका अरु १० वटा स्थानीय तहहरुले आज असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । असार १० गतेसम्म सबै स्थानीयहरूले नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

भूगोल र जनसंख्याको हिसावले जिल्लाकै ठूलो दुल्लू नगरपालिकाले अरु भन्दा दोब्बर बढी बजेट विनियोजन गरेको छ । दुल्लूका मेयर भरतप्रसाद रिजालले दिएको जानकारी अनुसार नगरपालिकाले १ अरब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

आगामी वर्ष २०८२/०८३ को बजेटहरू विश्लेषण गर्दा दोश्रो ठूलो बजेट गुराँस गाउँपालिका बनेकाे छ । गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले दिनुभएकाे जानकारी अनुसार ७३ करोड ६१ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ २४ पैंसा बजेट विनियाेजन भएकाे छ ।

तेश्राे भगवतीमाई गाउँपालिका ५६ कराेड ४५ लाख ५७ हजार २ सय २४ रूपैयाँ  र चाैथाे स्थान जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले लिएकाे छ । नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाका अनुसार ५६ करोड ४४ लाख ६९ हजार ४ सय २९ रुपैयाँ बजेट विनियाेजन गरेकाे जानकारी दिनुभयाे ।

जिल्लाकै विकट मानिने ठाँटीकाँध गाउँपालिकाले आगामी वर्ष २०८२/०८३ को लागि ४१ करोड १५ लाख ३१ हजार ५९ रुपैयाँ बजेट ल्याएको छ । डुंगेश्वर गाउँपालिकाले दाेश्राे सानाे बजेट तयार पारेकाे छ । झण्डै ठाँटीकाँधकै सेरोफेरो अर्थात ४१ करोड ८१ लाख ७२ हजार ९ सय ७३ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार