
दैलेख – डुंगेश्वर गाउँपालिकाका वडा नंं. १, २, ३, ४ र ५ का उद्यमीहरुका लागि व्यापार योजना निर्माण सम्बन्धी ५ दिने स्टार्ट-अप तालिम चुप्राबजारमा अाजदेखि भएको छ । सीबीएमसंगको साझेदारी तथा डुंगेश्वर गाउँपाकिासंगको समन्वयमा सञ्चालिन विकास परियोजनाले कार्यक्षेत्रका युवाहरुलाई उद्यम प्रवद्र्धन सीप तथा ज्ञान प्रदान गर्न जेठ २९ गतेदेखि असार २ गतेसम्म स्टार्ट-अप तालिम सञ्चालन चल्ने छ ।
स्थानीय स्तरमा सञ्चालन गर्न सकिने लघु उद्यमहरुको पहिचान, आवश्यकता, बस्तु र सेवाको गुणस्तरीयता, बजार प्रवद्र्धन, व्यवसायिक योजना, विचमा आएका विघ्न बाधाहरु, समस्या सुल्झाएका अनुभव वा सिकाईका आधारमा व्यवसाय योजनाको परिमार्जन लगायतका विषयमा तालिम दिइने छ । तालिमको सहजकरण दुई जना उद्यम विकास सहजकर्ताहरु प्रतीमा थापा र सुनिता सोनीले गरिरहनुभएको छ ।
प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्