२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

विपदबाट कसरी जोगिने कृतिम अभ्यास



दैलेख – तल्लो डुंगेश्वरबजारको भित्रबजारको छेवैको बीएलएल पुलको आडमा तोलीपाखाको भीरमा घाँस काट्न गएका चार जना युवाहरुलाई पहिरोले बगाएर भीरको बीचैमा अड्किए, कोहीका हात त कोहीका खुट्टा च्यापिएका थिए । उनी चिच्याइरहेको थिए ।

त्यति नै बेला लोहोरखोलामा आएको बाढीले माछा मार्न गएका युवाहरु पनि पानीमा डुबेका दुई जनालाई निकाल्न गएका छ जना पनि बगे । यी दुबै घटनामा सुरुमा प्रहरीलाई खबर पुग्यो । त्यो खबरको आधारमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तत्काल घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार ग¥यो ।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली खोला डुबेकाहरुलाई उद्धार गर्न ट्युब, पानीमा नडुब्ने स्टेचर, लाइफ जकेट, डोरी, जर्किन जस्ता सामग्री लिएर पानीमा पौडिन सिपालु तालिम प्राप्त जनशक्ति र भीरमा अड्काहरुलाई भीरमा जान सक्ने सिपालु सुरक्षाकर्मी पुगेर उद्धार गरे ।

स्थानीयहरुले घटना देखे तर आफूहरुलाई ज्ञान नभएकोले उद्धारमा प्रयास गर्न सकेका थिएनन् । जब सुरक्षाकर्मीहरु सामग्री सहित उद्धार जुटे अनि स्थानीयहरुमा पनि सुरक्षाकर्मीलाई सघाइरहेका थिए । उद्धार गरेकाहरु घाइतेहरुलाई रेडक्रसको टोलीले प्राथमिकता उपचार घटनास्टलमै ग¥यो, गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्समा चढाएर कर्णाली अस्पताल तर्फ पठाइयो ।

यो दृश्य हो गुराँस गाउँपालिका–२ तल्लोडुंगेश्वरमा कर्णाली नदी नजिकै जिल्ला प्रशासन कार्यालय दैलेख आयोजना गरेको कृतिम घटना अभ्यास । यस्तै विपदको बेला कसरी उद्धार गर्ने र मानवीय क्षति हुनबाट जोगाउने भन्ने बारे सचेतना जगाउन नेपाल रेडक्रस सोसाइटी र गुराँस गाउँपालिकासंगको सहकार्यमा कृतिम अभ्यास गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले कृतिम अभ्यासले समुदायमा सचेतना बढाउन सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । त्यसबखत दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापा, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निर्जनकुमार खत्रीले विपद पूर्वतयारी कार्ययोजनाको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा कालीदत्त गुल्मका सेनानी सुमन कार्की, जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर वराल, सशस्त्र प्रहरी बलका इञ्चार्ज डीएसपी चन्द्रबहादुर खत्री, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार समेतको उपस्थिति थियो ।

मन्सुनी वर्षा सुरु भइसकेको समयमा बाढी पहिरो प्रभावित क्षेत्रमा समय सान्दर्भिक विपद पूर्वअभ्यास अघि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले मन्सुनी वर्षाले ल्याउने जोखिम र जोखिम ध्यान दिनुपर्ने विषयमा तीन दिनदेखि विद्यालय र समुदायमा सचेतना कार्यक्रम गरी सकेर कृतिम घटना अभ्यास गरिएको हो ।

प्रकाशित मिति : २०८२ जेठ २६ गते सोमबार