
दैलेख – उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले आयोजना गरेको शनिबार दैलेख सदरमुकाममा दुई दिने औधोगिक प्रदर्शनी उद्घाटन भएको छ । औधोगिक प्रदर्शनीमा दैलेखका विभिन्न पालिकामा व्यवसाय गरिरहेका २३ जना उद्यमीहरुले उत्पादन र बस्तुहरु राखिएको छ ।
सिस्नोको पाउडर, दुधबाट उत्पादन गरिएका छुर्पी, घिउ लगायतका परिकारहरु, ढाँका र ऊनबाट बुनिएका कपडा, स्थानीय सिल्पकर्मीले सिलाइएका तयारी पोशाक, सावर लगायतका छाला र कपडाबाट बनाइएका जुत्ता, सालका पातबाट बनाइएका दुना–टपरी, स्थानीय रुपमा बनाइएको इटा उत्पादकहरुले बिक्रीमा समेत राखेका छन् ।
जिसस प्रमुख नमराज शाहीले यस्ता प्रदर्शनीले उद्यम विकास र बजार प्रवद्र्धनमा सहयोग पु¥याउने बताउनुभयो । नारायण नगरपालिकाकी उपमेयर तप्ता थापाले स्थानीयहरुले पनि युवा स्वरोजकारका उद्यम विकासमा प्रयास गरिरहेको बताउनुभयो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख शंकर थापाको अध्यक्षतामा भएको थियो ।
औधोगिक प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापा, गैसस महासंघका जिल्ला अध्यक्ष दिलकुमारी चन्द र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका शाखा अधिकृत पर्शुराम आचार्यले प्रदर्शनीको महत्व बारे बोल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्