
दैलेख – जाजरकोट र दैलेख जिल्लाको विपद व्यवस्थापन, राजमार्ग सुरक्षा र भौगोलिक अन्तरसम्बन्ध र सहकार्य बढाउन जाजरकोटको कार्कीगाँउमा अन्तर जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । जाजरकोट छेडागाड नगरपालिकाको १२ नं. वडा कार्यालयको सभाहलमा दुई जिल्लाका सुरक्षा अधिकारीहरूकाे अन्तर जिल्ला सुरक्षा समितिको बैठक बसेको हाे ।
बैठकमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, नेपाली सेनाका प्रमुख सेनानी भीष्म केसी, जाजरकोटका प्रहरी इञ्चार्ज डीएपी बसन्त शर्मा, सशस्त्र प्रहरीका डीएसपी लालबहादुर चन्द, त्यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, नेपाली सेनाका सेनानी सुमन कार्की, दैलेखका प्रहरी इञ्चार्ज डीएपी गणेशबहादुर बराल, सशस्त्र प्रहरीका डीएसपी चन्द्रबहादुर खत्री लगायतका सुरक्षा अधिकारीहरुको उपस्थिति थियो ।
सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको अवस्था, आपराधिक गतिविधिको रोकथाम, विपद् व्यवस्थापन, अवाञ्चित गतिविधि नियन्त्रण लगायतका विषयमा विस्तृत छलफल गर्नुसंगै आपसी समन्वय र सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा रणनीतिक योजना र योजना कार्यान्वयन विषयमा विचार विमर्श भएको अधिकारीहरुले बताउनुभएको छ । सीमा र सुरक्षा सवाल जोडिएका विषयमा एकै थलोमा छलफल गर्ने अभ्यासले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सहकार्य बढेको देखिएको छ ।
जाजरकोटको मन्ताभीर चट्टान छिचोलेर मध्यपहाडी राजमार्ग थलबजार जोड्ने काम छिटोछरितो गराउन सम्वन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा पनि सुरक्षा समितिमा छलफल भएको बताइएकाे छ । मध्य पहाडी राजमार्गको जाजरकोटको कुदूमा १० वर्ष अघि पुल निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले काम नगरेपछि अघिल्लो वर्ष ठेक्का तोडिएको छ ।
कुदूमा पुल निर्माण गर्न ठेक्का लगाउने र जाजरकोटकै मन्ताभीरमा छिचोल्ने काममा ज्यादै ढिलाई भइरहेको छ । मन्ताभीरमा सडकको जीओटी मिलाई छिचोल्ने अनि थलबजार जोड्ने मध्य पहाडी राजमार्गको काम सडक विभागले अड्काइरहेकाे कारण कुदूदेखि थलबजार निस्कनुपर्ने छेडाबजारबाट थलबजार पुगेर मध्यपहाडीकाे सडक भेटाउने गरी यातायातका साधनहरू गुडिरहेका छन् ।
अन्तरजिल्ला सुरक्षा बैठक बारे जाजरकोटका प्रजिअ मेखबहादुर मग्रातीसंग गरिएकाे कुराकानी –
प्रतिक्रिया दिनुहोस्