२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

एसियन लाईफले दियो अभिकर्तालाई पुनर्ताजगी तालिम



दैलेख – एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दैलेख शाखाले शाखाका एमडीआरआई सिनियर बिएम क्लब मेम्बर अभिकर्ताहरुका लागि एक दिने अभिमुखीकरण गरेको छ । कर्णाली प्रदेशका उपक्षेत्रीय प्रवन्धक बीरबहादुर भण्डारी र दैलेख शाखा प्रवन्धक डम्बरप्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो ।

बीमाको स्वरुप र प्रकृति, सावधिक जीवन बीमा, सामूहिक जीवन बीमा, लघु जीवन बीमा योजनाहरु, बेलाबेला अध्यावधिक गरिने बीमा सम्वन्धी सेवासुविधाको अध्यावधिक जानकारी, बीमालेख प्रक्रिया, बीमा भुक्तानीका बारे अभिकर्ताहरुको भूमिका विषयमा सहजीकरण गरिएको थियो ।

अभिकर्ताहरुले खेल्ने भूमिका र उसले दिने सूचनाका आधारमा बीमा गर्ने व्यक्ति र समुदायले विश्वास गर्ने भएकोले योजना हुने हुनाले बेलाबेला अध्यावधिक जानकारी राख्ने सरल तरिकाले बताउने सके मात्र आफ्ना ग्राहकहरूका लागि पहुँचयोग्य हुने एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रदेश उपक्षेत्रीय प्रवन्धक भण्डारीको भनाई थियो ।

स्वतन्त्र व्यवसाय, अतिरिक्त आम्दानी, व्यक्तिगत फाइदासंगै समुदायमा समन्वय र सहयोगको अवसर, जीवित बीमकलाई सुरक्षाको अनुभूति, बीमकको मृत्यु भएमा आर्थिक सहयोग गर्ने भएकोले अभिकर्ताको व्यक्तित्व बिकासमा सहयोग पुग्ने विशेष फाइदा रहेकाे दैलेख शाखा प्रवन्धक ढकालले प्रष्ट्याउनुभयो ।

बीमा ऐन २०७९, बीमा नियमावली २०४९, कम्पनी ऐन, २०६३, धितोपत्र ऐन २०६३ तथा नियमावली २०६४, श्रम ऐन २०७४ तथा नियमावली २०७४, बोनश ऐन २०३० तथा नियमावली २०३९, आयकर ऐन २०५८ तथा नियमावली २०५९, मूल्य अभिवृद्धि कर ऐन २०५२ तथा नियमावली २०५३ बारे जानकारी गराइएको थियो ।

त्यस्तै बीमा ऐन २०७९, नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५, सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५, आन्तरिक लेखापरिक्षण सम्बन्धि निर्देशिका २०७२ तथा संचालक समितिद्वारा जारी निति तथा विनियमहरुको खोजी र जानकारी लिने विधि बारे अभिमुखीकरण गरिएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार