२०८२ असोज १६ , बिहीबार (2025 Oct 3, Friday)

जेठ ११ गते, विदेशी मुद्राको विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आजको लागि आज जेठ ११ गते विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर खरिद दर १३६ रुपियाँ ५ पैंसा र बिक्री दर १३६ रुपियाँ ६५ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३८ र बिक्री दर ९ रुपियाँ ४२ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १५४ रुपियाँ ५१ पैंसा र बिक्री दर १५५ रुपियाँ १९ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ २७ पैंसा र बिक्री दर ३६ रुपियाँ ४३ पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ३३ पैंसा र बिक्री दर ३७ रुपियाँ ४९ पैंसा अनि कुबेती दिनार खरिद दर ४४३ रुपियाँ ६१ पैंसा र बिक्री दर ४४५ रुपियाँ ५६ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार