२०८१ पुस ९ , मंगलबार (2024 Dec 24, Tuesday)

श्रीमतीले सम्बन्ध बिच्छेद मागेपछि, पतिले ज्यान हाले



रुकुमपश्चिम जिल्लाको मुसिकोट नगरपालिका-१ का ३७ वर्षीय बुद्धिराम बोहराले श्रीमतीले सम्बन्ध बिच्छेद मागेको विषयलाई लिएर सहन नसकी शनिबार दिउँसा झोलुङ्गे पुलबाट हाम्फालेर ज्यान हालेका छन् ।

मठ र सल्ले जोड्ने झोलुङगे पुलबाट हाम्फाले झन्डै ६ सय मीटर खोलाको बगर खस्दा घटनास्थलमै मृत्यू भएको रुकुमपश्चिम प्रहरी इञ्चार्ज डिएसपी नवराज पोख्रेलले पहरेदार अनलाइनलाई बताउनुभयो ।

श्रीमतीले सम्बन्ध विच्छेद मागेको विषयमालाई लिएर बुद्धिरामले पुलबाट हाम फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको उहाँले सुनाउनुभयो । ‘घरायसी समस्या देखिन्छ, श्रीमतीले सम्बन्ध बिच्छेद मागेपछि मरिदिन्छु भन्दै पुलबाट हाम्फालेको खुलेको छ’ उहाँले भन्नुभयो ।

मठ र सल्ले जोड्ने झोलुङगे पुल तीन वर्ष अघि बनेकाे हाे । याे पुलकाे लम्बाइ दुई सय ३८ मीटर लम्बाइ र झोलुङगे पुलबाट खाेलासम्मकाे उचाइ झण्डै ६ सय मीटर रहेकाे छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतबार