
काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आजको लागि आज वैशाख २९ गते नेपाली मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर खरिद दर १३५ रुपियाँ ३० पैंसा र बिक्री दर १३६ रुपियाँ ९० पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३८ र बिक्री दर ९ रुपियाँ ४२ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १५३ रुपियाँ ३१ पैंसा र बिक्री दर १५३ रुपियाँ ९९ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ३४ पैंसा र बिक्री दर ३६ रुपियाँ ५० पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ३९ पैंसा र बिक्री दर ३७ रुपियाँ ५६ पैंसा अनि कुबेती दिनार खरिद दर ४४४ रुपियाँ ३० पैंसा र बिक्री दर ४४६ रुपियाँ २६ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्