
दैलेख – नारायण नगरपालिकाको सहयोगमा नेत्रहिन संघ दैलेखले जिल्ला सदरमुकाममा बजार प्रवद्र्धन सम्वन्धी एक दिने तालिम दिएको छ । खुद्रा पसल, विभिन्न सीपइलम गरिरहेका दृष्टि विहीनहरुका लागि सेवा र बस्तुको गुणस्तरीयता, असल बोली व्यवहार र व्यापारिक इमान्दारिता विषयमा तालिम दिइएको नेत्रहिन संघ दैलेखका सचिव विमला रेग्मीले जानकारी दिनुभयो ।
तालिमको सहजीकरण नारायण नगरपालिकाका उद्यम विकास शाखा प्रमुख लिलाराम ताम्राकारले गर्नुभएको थियो । तालिम कार्यक्रममा नारायण नगरपालिका उपप्रमुख तप्ताकुमारी थापा, सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापा, नेत्रहिन संघ दैलेखका अध्यक्ष ओमप्रसाद शर्माले तालिमको महत्व बारे प्रकाश पार्नुभएको थियो । तालिममा व्यवसायी १० जना र सहयाेगी समेत २५ जनाको सहभागिता थियो ।
प्रकाशित मिति : २०८२ वैशाख २९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्