
काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आजको लागि आज वैशाख २८ गते नेपाली मुद्राको विनिमय दर सबैजसाे हिजाेकै दररेटमा तोकेको छ । जस अनुसार अमेरिकी डलर खरिद दर १३५ रुपियाँ ३० पैंसा र बिक्री दर १३६ रुपियाँ ९० पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३९ र बिक्री दर ९ रुपियाँ ४३ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १५३ रुपियाँ ३९ पैंसा र बिक्री दर १५४ रुपियाँ ७ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ३४ पैंसा र बिक्री दर ३६ रुपियाँ ५० पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ३९ पैंसा र बिक्री दर ३७ रुपियाँ ५६ पैंसा अनि कुबेती दिनार खरिद दर ४४४ रुपियाँ ३५ पैंसा र बिक्री दर ४४६ रुपियाँ ३१ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्