२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

उबासंघकाे चुनावमा ५५८ मत खसे



दैलेख – दैलेख उद्योग बाणिज्य संघकाे आज भएको मतदानमा ५५८ मत खसेको छ । कुल ६१३ मतदाता मध्ये उक्त संख्यामा मत खसेको हाे ।

साँझ ७ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जानकारी दिएको छ, करिब राति ११ सम्म नतिजा आउने अनुमान छ ।

नरेन्द्रबहादुर थापा र राजेशकुमार हमाल अध्यक्ष पदका प्रत्यासी हुनुहुन्छ । दुबै उम्मेदवारका खेमामा १७-१७ सदस्यहरु पनि चुनिनु हुनेछ ।

दैलेख उद्योग बाणिज्य संघकाे विधानले सदस्यहरुबाट उपाध्यक्ष, महासचिव र काेषाध्यक्ष पदमा आन्तरिक चुनावबाट चुनिने व्यवस्था छ ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार