
काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आजको लागि आज वैशाख २५ गते नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३५ रुपियाँ ४३ पैंसा र बिक्री दर १३६ रुपियाँ ३ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४५ र बिक्री दर ९ रुपियाँ ४९ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १५३ रुपियाँ १५ पैंसा र बिक्री दर १५४ रुपियाँ ६३ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ११ पैंसा र बिक्री दर ३६ रुपियाँ २६ पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ १५ पैंसा र बिक्री दर ३७ रुपियाँ ३२ पैंसा अनि कुबेती दिनार खरिद दर ४४१ रुपियाँ ७४ पैंसा र बिक्री दर ४४३ रुपियाँ ७० पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्