
काठमाण्डौं – पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा मंगलबार दिउँसो काठमाण्डौको थापाथालीमा रहेको नर्भिक अस्पतालमा ७१ वर्षको उमेरमानिधन भएको हो । मंगलबार नै उहाँको पशुपतिमा दाहसंस्कार गरिएको छ ।
२०१० साल पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिनुभएका नेता नेपाल एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका उहाँले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको शुरुआत गर्नुभएको थियो ।
२०८० साल चैत ३० मा भक्तपुरमा आयोजित साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक थला पर्नुभएको थियो । सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुद मन्त्री बन्नुभएको थियो । साहित्यकार नेपालका उपन्यास, कथा, गीत, नियात्रालगायतमा कलम चलाउनुभएको थियो ।
प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्