
काठमाण्डौं – आज वैशाख २४ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३४ रुपियाँ ८० पैंसा र बिक्री दर १३५ रुपियाँ ११ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४३ र बिक्री दर ९ रुपियाँ ४७ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १५२ रुपियाँ ७० पैंसा र बिक्री दर १५३ रुपियाँ ३८ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३५ रुपियाँ ९४ पैंसा र बिक्री दर ३६ रुपियाँ १० पैंसा, कतारको रियल खरिद ३६ रुपियाँ ९८ पैंसा र बिक्री दर ३७ रुपियाँ १५ पैंसा अनि कुबेती दिनार खरिद दर ४३९ रुपियाँ ६९ पैंसा र बिक्री दर ४४१ रुपियाँ ६५ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्