२०८२ जेठ १७ , शनिबार (2025 May 31, Saturday)

दुल्लूमा चितुवा मृत फेला



दैलेख –  पहाडी बाघकाे नामले चिनिएकाे एक बयस्क चितुवा दुल्लूमा  मृत फेला परेको छ । दुल्लू नगरपालिका–३ देउटाकुरा भन्ने बस्तीमा हिजो साँझ उक्त चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख राधाकृष्ण दासले जानकारी दिनुभयो ।

मरेको कुखुरा समेत त्यहाँ फेला परेकोले कसैले बिष हालेर चितुवाको मृत्यू भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । बिष लागेर रन्थिएकाे चितुवा देउटाकुरा बस्ती नजिकै लिप्ने माटाे खन्ने गरिएकाे दुलाेमा पसेर मरेकाे अवस्थामा फेला पारिएकाे थियाे ।

वाहिर निकालेर नियाल्दा कान र मुखबाट रगत बसेकाे देखिएकाे डिभिजन वन कार्यालय दैलेखका वन अधिकृत नारायण रिजालले बताउनुभयाे । खाने कुरा मिसाइएकाे बिषले रन्थनिएर माटाे खनिएकाे दुलाेमा पसेकाे बेला चितुवाकाे त्यही मृत्यू भएकाे उहाँकाे व्याख्या छ ।

मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको छ । घटनाको अनुसन्धान भइरहेको कार्यालय प्रमुख दासले बताउनुभयो । यो क्षेत्रमा चितुवालाई पासो थाप्ने, बिष हाल्ने क्रम बढ्दै गरेकोप्रति वन्य जन्तु संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार