
काठमाण्डौं – आज वैशाख १४ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३६ रुपियाँ ४३ पैंसा र बिक्री दर १३७ रुपियाँ ३ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ५२ र बिक्री दर ९ रुपियाँ ५६ तोकिएको छ ।
युरोपियन यूरो खरिद १५५ रुपियाँ ५ पैंसा र बिक्री दर १५५ रुपियाँ ७३ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ३७ पैंसा र बिक्री दर ३६ रुपियाँ ५३ पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ४३ पैंसा र बिक्री दर ३७ रुपियाँ ५९ पैंसा अनि कुबेती दिनार खरिद दर ४४४ रुपियाँ ९३ पैंसा र बिक्री दर ४४६ रुपियाँ ८९ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्