
दैलेख – आवाज संस्थाले योजना तर्जुमामा लक्षित वर्गको सहभागिता विषयमा विस्तृत छलफल गरेको छ । ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजनाले नारायण नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र लक्षित वर्गको सहभागितामा योजना तर्जुमाको समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको सहभागिता र उत्तरदायी बजेट कार्यान्वयन प्रणाली बारे छलफल भएको आवाज संस्थाका सामाजिक परिचालक सम्झना केसीले बताउनुभयो ।
नेपाल सरकारको योजना तर्जुमा प्रणाली, कार्यान्वयनका लागि सरोकारवालाको भूमिका विषयमा नारायण नगरपालिकाका योजना अधिकृत पदम सापकोटाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी नारायण नगरपालिका-६ भूर्तीकी सपना सार्कीले लक्षित समुदायलाई बजेट प्राथमिकता राख्ने नीति भए पनि व्यवहारमा कार्यान्वयन नभएको असन्तुष्टी राख्नुभयो । त्यसबखत नारायण नगरपालिकाकी उपमेयर तप्ताकुमारी थापाले गुनासो नआउने गरी योजना तर्जुमा प्रणाली सुधार गरिने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्