२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

रबिलालाई थुनामा राख्नु अदालतकाे आदेश



काठमाण्डौं — सहकारी ठगी र संगठित अपराधमा रुपन्देही जिल्ला अदालतले धरौटीमा छाडेका रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रबि लामिछानेलाई उच्च अदालत बुटवलले कारागार थुनामा राख्न आदेश दिएको छ । प्रहरीले उहाँलाई काठमाण्डौंबाट पक्राउ गरेको छ ।

हजारौं सर्वसाधरण पीडित हुनु परेको संवदेनशील परिस्थितिमा न्याय प्रणालीप्रति जनविश्वास जोगाउनका पुर्पक्षका लागि थुनामा राख्न उपयुक्त हुने उच्च अदालत बुटवल इजलासको आदेश अनुसार प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकमा रहेको खातामा चालीस लाख ९२ हजार सुप्रिम बचत सहकारीलाई भुक्तानी गरेको पाइयो, निर्दोष रहेको भन्न सकिन्न अनुसन्धान गर्न अझै बाँकी रहेकोले थुनामै राख्न उपयुक्त हुन्छ अदालत निष्कर्ष पनि निकालेको हो ।

प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार