
काठमाण्डौं – आज चैत ९ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३७ रुपियाँ २६ पैंसा र बिक्री दर १३७ रुपियाँ ८६ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ २१ र बिक्री दर ९ रुपियाँ २५ तोकिएको छ ।
युरोपियन यूरो खरिद १४८ रुपियाँ ८० पैंसा र बिक्री दर १४९ रुपियाँ ४५ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
विनिमय दर अनुसार साउदी अरब रियल हिजोकै दर कायम राख्दै खरिद दर ३६ रुपियाँ ५९ पैंसा र बिक्री दर ३६ रुपियाँ ७५ पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ६५ पैंसा र बिक्री दर ३७ रुपियाँ ८२ पैंसा अनि कुबेती दिनार खरिद दर ४४५ रुपियाँ ४५ पैंसा र बिक्री दर ४४७ रुपियाँ ३९ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्