
फाइल फाेटाे
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको मृत्यू भएको छ । बुधबार राति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको मृत्यू भएको थियो ।
घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यू भएको थियो । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।
प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्