२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

आज फागुन २९, नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – आज फागुन २९ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर हिजोकै दर कायम राख्दै खरिद १३९ रुपियाँ २४ पैंसा र बिक्री दर १३९ रुपियाँ ८४ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३७ र बिक्री दर ९ रुपियाँ ४१ तोकिएको छ ।

युरोपियन यूरो खरिद १५१ रुपियाँ ९४ पैंसा र बिक्री दर १५२ रुपियाँ ५९ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

विनिमय दर अनुसार साउदी अरब रियल हिजोकै दर कायम राख्दै खरिद दर ३७ रुपियाँ १३ पैंसा र बिक्री दर ३७ रुपियाँ २९ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ २० पैंसा र बिक्री दर ३८ रुपियाँ ३७ पैंसा अनि कुबेती दिनार खरिद दर ४५१ रुपियाँ ८० पैंसा र बिक्री दर ४५३ रुपियाँ ७५ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार