
काठमाण्डौं – आज फागुन २६ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर हिजोकै दर कायम राख्दै खरिद १३८ रुपियाँ ७० पैंसा र बिक्री दर १३९ रुपियाँ ३० पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३७ र बिक्री दर ९ रुपियाँ ४१ तोकिएको छ ।
युरोपियन यूरो खरिद १५० रुपियाँ २६ पैंसा र बिक्री दर १५० रुपियाँ ९१ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ९७ पैंसा र बिक्री दर ३७ रुपियाँ ९३ पैंसा, कतारको रियल हिजोकै दर कायम राख्दै खरिद ३८ रुपियाँ ५ पैंसा र बिक्री दर ३८ रुपियाँ २२ पैंसा अनि कुबेती दिनार खरिद दर ४५० रुपियाँ ११ पैंसा र बिक्री दर ४५२ रुपियाँ ५ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्