
बैतडी – पुर्चाैडी नगरपालिका–८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै हुनुहुन्छ । उहाँ उमेरले ४६ वर्ष पुग्नुभयो । छोरी डम्मरा बाेहरासँगै उहाँ पनि कक्षा ८ को परीक्षामा सहभागी भइरहनुभएको छ ।
पुर्चौडी नगर पालिका–८ मा रहेको डिलाशैनी मावि मल्लादेहीबाट बुवाछोरी कक्षा ८ को परीक्षा दिइरहनुभएको डिलाशैनी माविका प्रधानाध्यापक बीरेन्द्र रतोकीले बताउनुभयो ।
मल्लादेही विद्यालयको कक्षा ८ को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको प्रधानाध्यापक रतोकीले बताउनुभयो । सानो उमेरमा कक्षा ५ सम्म अध्ययन गरेका बोहराले कक्षा ६ देखि डिलाशैनी माविमा छोरीसँगै पुनः अध्ययन सुरु गर्नुभएको हो ।
बोहरा सोही विद्यालयका कार्यालय सहयाेगी पदमा कार्यरत हुनुहुन्छ । बोहराको पढाइप्रतिको लगावले नयाँ पुस्तालाई प्रेरणा दिएको डिलाशैनी माविका प्रधानाध्यापक रतोकीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्