
काठमाण्डौं – चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर शनिबार गएको भूकम्पको काठमाण्डौं लगायतका नेपालका मध्य क्षेत्रमा धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न २ बजेर ३५ मीनेटकाे समयमा ५.९ रेक्टरकाे भूकम्प गएको हो ।
गएकाे पुस २३ गते त्यही ठाउँमा ७ रेक्टर स्केलको भूकम्प भएको थियो । शनिबार बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रेक्टर र शनिबार बिहान ३ः १४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएर ४ रिक्टरको भूकम्प भएको थियो ।
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्