२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

महिला दिवसमा वक्तृत्वकला र लाेक नृत्य प्रतियाेगिता



दैलेख – नारायण नगरपालिका-१० स्थित हिमालय मावि भवानीमा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा ‘महिला उत्थानकाे लागि राज्यको भूमिका’ शिर्षकमा वक्तृत्वकला प्रतियाेगिता भएकाे छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ नारा सहित यो वर्ष सन् २०२५ मा मनाइएकाे दिवसमा प्रतियाेगिता भएकाे हाे ।

वक्तृत्वकला प्रतियाेगितामा गाेर्ख बहादुर सार्की प्रथम, कल्पाना तिवारी द्धितीय र हिग्मत बस्नेत तृतीय खुला प्रतियाेगिता रहेकाे थियाे सम्झना केसीले जानकारी दिनुभयाे । प्रतियाेगीहरूले महिलाका लागि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र कार्यान्वयनकाे अवस्था विषयमा बाेल्नुभएकाे थियाे ।

त्यसैगरी नारायण नगरपालिका-६ स्थित रेडक्रस मावि भूर्तीमा भएकाे लाेक नृत्य प्रतियाेगितामा सुजाता थापा, यमुना न्याैपाने र अस्मिता भट्टराइकाे सूमह प्रथम, शारदा सिंह, सम्झना शाहीका समूह द्धितीय र संगिता रेग्मी, कृष्ण रेग्मीकाे समूह तृतीय पुरस्कार जित्नुभयाे ।

आवाज संस्थाको आयोजनामा तथा युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय निकायहरू  यूनिसेफ, संयुक्त राष्ट्र संघीय जनसंख्या काेष, यूएनउमन र आईएलओको सहकार्यमा सञ्चालित ‘शसक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत उक्त वक्तृत्वकला र गीत तथा नृत्य प्रतियाेगिता भएको हो।

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार