२०८३ वैशाख १८ , शुक्रबार (2026 May 1, Friday)

औषधिको प्रतिकुल असर बारे सचेतना



दैलेख – नारायण नगरपालिकाले मानिस, पशुबस्तु र कृषि बाली प्रयोग हुने औषधिको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा सचेतना अभिमुखीकरण गरिएको छ । औषधिको पूर्ण मात्राको महत्व, पशुबस्तु र कृषि बालीमा औषधिको असर नसकिंदै सेवन गर्दा मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असर प्रशिक्षित गरिएको थियो ।

नारायण नगरपालिका क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई मानिस, पशुबस्तु र कृषि बाली प्रयोग हुने औषधिको प्रयोगले मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असर बारेमा अभिमुखीकरण गरिएको हो । मानिस र कृषि उपज तथा पशुपंछीलाई गरिने औषधि र यसकाे प्रतिकुल असरकाे सन्देश जनस्तरसम्म प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताउनुभयो ।

दैलेख अस्पतालका मेडिकल अफिसर सविना दाहाल, नारायण नगरपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत मुकेश पनेरु, पशुपंछी शाखा प्रमुख डा. भृकुटी भट्टराई शर्मा, दैलेख अस्पतालका फार्मासिष्ट लोकराज पन्तले रोगको उपचारका लागि प्रयोग गरिने औषधि र यसले पार्ने प्रतिकुल असर बारे सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार