काठमाण्डौं – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले आज फागुन २१ गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद १३९ रुपैंयाँ ३३ पैंसा र बिक्री दर १३९ रुपैंयाँ ९३ पैंसा तोकेको छ ।
युरोपियन यूरो खरिद १४६ रुपैंयाँ ५५ पैंसा र बिक्री दर १४७ रुपैंयाँ १८ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपैंयाँ खरिद दर १६० रुपैंयाँ र बिक्री दर १६० रुपैंयाँ १५ पैंसा रहेको छ ।
विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपैंयाँ १५ पैंसा र बिक्री दर ३७ रुपैंयाँ ३१ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपैंयाँ २३ पैंसा र बिक्री दर ३८ रुपैंयाँ ३९ पैंसा अनि कुबेती दिनार खरिद दर ४५१ रुपैंयाँ ४८ पैंसा र बिक्री दर ४५३ रुपैंयाँ ४२ पैंसा तोकिएको छ ।
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार
प्रतिक्रिया दिनुहोस्