२०८२ वैशाख ४ , बिहीबार (2025 Apr 17, Thursday)

आजको नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले आज फागुन २० गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद एक सय ३९ रुपैंयाँ ५० पैंसा र बिक्री दर एक सय ४० रुपैंयाँ १० पैंसा तोकेको छ ।

युरोपियन यूरो खरिद एक सय ४५ रुपैंयाँ ७८ पैंसा र बिक्री दर एक सय ४६ रुपैंयाँ ४१ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको छ ।

विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपैंयाँ २० पैंसा र बिक्री दर ३७ रुपैंयाँ ३६ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपैंयाँ ३८ पैंसा र बिक्री दर ३८ रुपैंयाँ ४४ पैंसा अनि कुबेती दिनार खरिद दर चार सय ५१ रुपैंयाँ ४१ पैंसा र चार सय ५३ रुपैंयाँ ७४ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार