
काठमाण्डौं – सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ५१ मिनेटमा ६.१ रेक्टरकाे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका उपमहानिर्देशक एवम् प्रवक्ता मोनिका झाले पहरेदारलाई बताउनुभयो ।
भूकम्पको धक्का काठमाण्डौंसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो । बढी जसो बागमती प्रदेशमा त्रास फैलिएको थियो । भूकम्पबाट खासै ठूलो क्षति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी दिनुभयो ।
भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका दुई जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कोदारीमा इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको भोटेकोशी गाउँपालिका३ दुगुनागढीमा पहिरो खसेको जानकारी आएको उहाँले बताउनुभयो ।
पुस ३ गतेपछि यो समेत ४ रेक्टर माथिका १४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ, पुस ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ रेक्टर माथिका भूकम्पलाई अभिलेखमा जनाउने गर्दछ, ६ रेक्टर माथिको क्षति पुर्याउने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्