
दैलेख – नौमूलेबजारस्थित भरैव माध्यमिक विद्यालयका प्राबिधिक धार बाली बिज्ञान समूहका कक्षा ९-१२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले कृषि विषय पढाई संगै कृषि उत्पादनहरु बिक्री गरेर कमाईकाज पनि गरिरहेका छन् ।
पहिले अरु खेती गरिरहेका हुन्थे अचेल च्याउखेती गरिरहेका छन । च्याउखेती गरेर २०-२५ केजीसम्म बजार तथा समुदायमा बिक्री हुने गरेको शिक्षक हेमन्त बस्नेतले जानकारी दिनुभयो ।
विद्यालयको परिसरमा धानखेती बिद्यालयका सबै मिलेर गर्छाैं, त्यसबाट बनेको पराललाई च्याउ खेतीका लागि प्रयोग गर्छौं । च्याउको बीउ तथा आवश्यक सामग्री विद्यालयले व्यहाे रिहेकाे शिक्षक हेमन्त बस्नेतले बताउनुभयो ।
विद्यार्थिलाई पढाईसगै आधुनिक कृषि पेशामा अहिलेदेखि बानीको बिकास भयो भने भविष्यमा देशमै आत्मनिर्भरको लागि आत्मनिर्भर हुन सहयोग पुग्ने उहाँको भनाई छ । च्याउ स्वास्थ्यको लागि फाइदा जनक भएकाले स्थानीयहरुले रुचाएका छन् ।
प्रतिक्रिया दिनुहोस्