२०८२ वैशाख ४ , बिहीबार (2025 Apr 17, Thursday)

आजको नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले फागुन १५ गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद एक सय ३९ रुपैंयाँ २४ पैंसा र बिक्री दर एक सय ३९ रुपैंयाँ ८४ पैंसा तोकेको छ ।

भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको र युरोपियन यूरो खरिद एक सय ४६ रुपैंयाँ १३ पैंसा र बिक्री दर एक सय ४६ रुपैंयाँ ७६ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ ।

त्यसैगरी साउदी अरब एक रियलको खरिद दर ३७ रुपैंयाँ १३ पैंसा र बिक्री दर ३७ रुपैंयाँ २९ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपैंयाँ २० पैंसा र बिक्री दर ३८ रुपैंयाँ ३६ पैंसा अनि कुबेती दिनार खरिद दर चार सय ५१ रुपैंयाँ ४० पैंसा र चार सय ५३ रुपैंयाँ ५३ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार