
काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाकीहरुलाई ‘अल्छी’को संज्ञा दिनुभएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा उहाँले यस्ता कडा टिप्पणी गर्नुभएको हो ।
मेयर बालेनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । उहाँले फेसबुकमा लेख्नुभएकाे छ ‘धन्यवाद, हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’
बालेनले स्टाटसमा नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ । उहाँले अमेरिकाका नागरिकहरूलाई नीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने ‘अल्छी’ भन्दै टिप्पणी गर्नुभएको छ ।
डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ उपमा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग गर्दै मेयर बालेनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिनुभएको छ । उहाँको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय सम्बन्धका लागि नकारात्मक असर पर्ने तर्क राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्