दैलेख – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना जिल्ला समन्वय समिति दैलेखको सभाहलमा सुरु भएको छ ।
कुल १ हजार १ सय ३१ मतदाता रहेकामा १ हजार ७२ जनाले मतदान गरेका छन् । समावेशीतर्फ १४ महाधिवेशन प्रतिनिधि पदका लागि ३३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रकाशबाबु ऐडीले बताउनुभयो ।
समावेशीतर्फको मतगणना पूरा गरेपछि खुलातर्फका मतपेटिका खोलेर मतगणना गरिने निर्वाचन अधिकृत ऐडीले जानकारी दिनुभयो । मतदान असोज १३ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म टुँडिखेलमा भएको थियो ।
प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्