काठमाण्डौं – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले फागुन १२ गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा अस्तिदेखिकै निरन्तरता कायम राख्दै खरिद एक सय ३८ रुपैंयाँ ४५ पैंसा र बिक्री दर एक सय ३९ रुपैंयाँ ५ पैंसा ताेकेकाे छ ।
भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको र युरोपियन यूरो खरिद एक सय ४४ रुपैंयाँ ८० पैंसा र बिक्री दर एक सय ४५ रुपैंयाँ ४३ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ ।
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्