
दैलेख – जिल्लामा सञ्चालिन विकास कार्यक्रमहरुको गुस्तरीय विकास र सेवाहरु प्रभावकारी बनाउन सजग गराइएको छ । मंगलबार बसेको कार्यालय प्रमुखहरुका बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले विकास गतिविधिको गति बढाउन कार्यालय प्रमुखहरुलाई सजग गराउन भएको हो । नागरिकलाई दिइने सेवाहरुमा पनि चुस्तदुरुस्त बनाउन कडा निर्देशन दिनुभएको सहभागीहरुले बताएका छन् ।
मंगलबारको बैठकमा सरकारी कार्यालयका कर्मचारी नियमित रुपमा कार्यालयमा नबस्ने, सरकारी गाडी र मोटरसाइकल नितान्त पारिवारिक काममा प्रयोग हुने गरेको, कार्यालय सामाजिक सञ्जाल प्रयोग गरेर दिन बिताउने गरेको जस्ता जनगुनासो आएकोले कार्यालयको काममा ध्यान दिन सबै कर्मचारीहरुलाई जिम्मेवार ढंगले काम गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जैसीले पहरेदारलाई बताउनुभयो ।
प्रकाशित मिति : २०८१ फागुन ६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्