
दैलेख – प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले कर्मचारीहरुले नागरिकलाई सहज सेवा पु¥याउन सधैं तत्पर हुन सुझाव दिनुभएको छ । नेपाल निजामती कर्मचारी यूनियनको नवौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘नागरिकलाई सेवा पु¥याउने कुरामा कर्मचारी जिम्मेवार हुनुपर्छ आस्थाको आधारमा विभेद वा असहयोग गरेको बेला संगठनले बोल्नुपर्छ ।’
कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सत्ता गठबन्धनमै पनि सधैं सबै कुरामा सहमती नबनसक्छ, देश र जनतालाई हित हुने कुरामा कडाईका साथ आफूहरुले काम गर्ने गरेको उल्लेख गर्दै कर्मचारी यूनियनका जायज कदमहरुमा आफ्नो साथ रहने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री कृष्णकुमार बीसीले मुलुकका हरेक राजनीतिक परिपर्तनमा नेपाली काँग्रेसले अगुवाइ गरेकाे उल्लेख गर्दै शुभेच्छुक संस्थाका हैसियतले नेपाल निजामती कर्मचारी यूनियनले खेलेकाे भूमिकाकाे प्रशंसा गर्नुभयाे । राजनीतिक सचेतता भएकाे संगठनका हिसावले शासन सञ्चालनमा सुझबुझ जनाउन आग्रह गर्नुभयाे ।
नेपाल निजामती कर्मचारी यूनियन दैलेखका अध्यक्ष दिनेश खड्काको अध्यक्षतामा भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति रिता शाही लगायतका काँग्रेस नेपाली काँगेस समर्थक शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो । अधिवेशनले भोलिसम्म नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्