२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

प्रेस चौतारी सुर्खेतकाे अध्यक्षमा मुना हमाल



सुर्खेत – नेकपा एमाले निकट प्रेस चौतारी नेपाल सुर्खेतको सातौं जिल्ला अधिवेशनबाट मुना हमालकाे अध्यक्षता १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएकाे छ । नवगठित कार्यसमितिमा उपाध्यक्षद्वय दिनेशकुमार बुढा र चन्द्रा कँडेल चयन हुनुभएको छ ।

सचिवमा रजनी योगी, सह-सचिवद्वय कुलेन्द्र शाही, तेजबहादुर रोकाय र कोषाध्यक्षमा नवराज रोकाय चुनिनुभएकाे छ । सदस्यहरूमा विक्रमकुमार विश्वकर्मा, चन्द्रबहादुर वली, अनिता विक, कल्पना ढेङ्गा मगर, कल्पना हमाल, नन्द कठायत र विनोद घिमिरे चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधबार