
दैलेख – पश्चिम दैलेखलाई केन्द्रबिन्दु बनाएर मंगलबार साँझ भुइँचालो गएको छ । तोलीजैसी केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूटको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका इञ्चार्ज चिन्तन तिम्सिनाले जानकारी दिनुभयो ।
मंगलबार साँझ ५ बजेर २० मिनेटमा उक्त भुइँचालो गएको थियो । भुइँचालोले स्थानीयहरु त्रसित भएको तोलीजैसीकी स्थानीय पवित्रा बिकले बताउनुभयो । भुइँचालोले दैलेख, कालिकाेट र अछामका केही क्षेत्रमा धक्का महसुस गराएकाे थियाे ।
‘६ रेक्टर भन्दा माथिको भुइँचालोले क्षति पुर्याउँछ, ४ रेक्टर माथिको भुइँचालोले जमिन हल्लाउने भएकोले हामीले ४ रेक्टर माथिको भुइँचालोको अवस्था अपडेट गराउँछौं’ तिम्सिनाले भन्नुभयो । याे नियमित भुइँचालाे भएकाे उहाँले बताउनुभयाे ।
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्