
दैलेख – नेकपा एमालेको शुभेच्छुक भ्रातृ संगठन प्रेस चौतारी नेपालको सातौँ जिल्ला अधिवेशनले उदयराज अधिकारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा चयन गरिएको छ ।
उपाध्यक्षद्वय पृथ बयलकोटी र प्रेमिका सिंह चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको सचिवमा यामराज विष्ट, सहसचिवद्वय खगेन्द्र खड्का, हिमेन्द्र बिक र कोषाध्यक्षमा रमेश भट्टराई चुनिनु भएको छ ।
जिल्ला कार्यसमितिको सदस्यहरुमा गोबिन्द गुरुङ र रमिला बस्नेतलाई चयन गरिएको बताइएको छ । शनिबार औपचारिक उद्घाटन र आइतबारको बन्दसत्रबाट नयाँ जिल्ला कार्यसमिति तय गरिएको थियो ।
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्