२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

चामुण्डाबिन्द्रासैनी–९ वडा कमिटी अध्यक्षमा खड्का



दैलेख – नेकपा माओवादी केन्द्र दैलेखले साँगठनिक गतिविधिहरु तीव्रता दिएको छ । यसक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा आइतबार भएको वडास्तरीय अधिवेशनले ओमबहादुर खड्काको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।

वडा कमिटीको उपाध्यक्ष सोवन थापा, सचिव छत्रबहादुर खड्का, सहसचिव निर्मला न्यौपाने, कोषाध्यक्ष भद्रा सावन चुनिनुभएको छ । सदस्यहरुमा नगेन्द्र थापा, गीता खड्का, गंगाराम खड्का, शेरबहादुर थापा, कर्णबहादुर थापा रहनु भएको जानकारी दिइएको छ ।

नेकपा माओवादी केन्द्रको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा वडा कमिटीका थप सदस्यहरुमा भरत सावन, रबि रोकाय, रज खड्का, उर्मिला भुल, सेब रोकाय, तुल्छा रोकाय, तूल्छा रोकाय र हिक्मत खड्का सर्वसम्मितिमा छानिनुभएको छ ।

पार्टीका कर्णाली प्रदेश कमिटी सदस्यद्वय गौरब खड्का र ताशा शाहीले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउदै पार्टी संगठनलाई परिचालन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा वाईसीएलका जिल्ला अध्यक्ष हर्कबहादुर थापाको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमबार