२०८२ मंसिर २५ , बिहीबार (2025 Dec 11, Thursday)

काभ्रेमा फर्निचमा आगलागी : एक जनाको मृत्यू



काभ्रे – फर्निचर उद्योगमा लागेको आगोमा परेर एक जनाको मृत्यूभएको छ । शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेबी दंगाललको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागि हुदाँ उद्योगमा बस्दै आएकी दंगाललको मृत्यु भएको र सोही उद्योगमा काम गर्ने उहाँका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते भएको बताइएको छ ।

फर्निचर उद्योगबाट शुरु भएको आगो छिमेकी कृष्णबहादुर विश्वकर्माको एक र टहरामा समेत क्षति भएको छ । आगलागीबाट फर्निचर उद्योगमा तयारी फर्निचर र कृष्ण विश्वकर्माको घरभित्रको खाद्यान, लत्ताकपडा पूरा क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ९ बजे सुरु भएको आगो नियन्त्रणको लागि ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, कालिजंग गण धुलिखेलबाट पर्शुराम शाक्यको कमान्ड सहितको टोली सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार