
दैलेख – हाल अमेरिकामा बस्दै आउनुभएका समाजसेवी मानेन्द्र चन्दले नौमुले गाउपालिका क्षेत्रका विभिन्न बिद्यालयमा शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । नेपाल राष्ट्रिय मावि आलेगाउँ बालुवाटार, तुलसी मावि नौफेरी बालुवाटार, नेपाल राष्ट्रिय मावि द्वारी, कालिका मावि बाङ्गेबजार कालिकाका एक सय ३८ जना बाबालिकालाई रहेका शैक्षिक सामाग्री बितरण गरिएको हो ।
विद्यार्थिलाई मनोबल वृद्धि गराउन विद्यालयहरुहरुसंग समन्वय गरी धेरैजति १० कक्षामा अध्ययनरत अति विपन्न बालबालिकाहरुलाई लागि आफूले हौसलाको लागि कपी, कलम र झोला समेत दिएको समाजसेवी मानेन्द्र चन्दले जानकारी दिनुभयो ।
समाजसेवी चन्दले नौमुले गाउपालिका क्षेत्र बाहेक विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री, दैलेखका बिभिन्न ठाउका बिरामी, अति विपन्न परिवारको लागि आर्थिक सहयोग अमेरिकाबाटै पठाउनुभएको थियो । केही समयका लागि घर आउनुभएको बेला उहाँले यस पटक नौमूलेका विभिन्न विद्यालयका बालबालिकालाई आफैले वितरण गर्नुभएको हो ।
उज्ज्वल भविष्यको कल्पना गरिरहेका बालबालिकाहरुलाई लागि सानो सहयोगले प्रेरणा होला भनेर शैक्षिक सामग्री वितरण गरेको समाजसेवी चन्दले बताउनुभयो । नेपाल राष्ट्रिय मावि आलेगाउँका प्रधानाध्यापक अर्जुन शर्माले सहयोग निम्ति समाजसेवी चन्दलाई धन्यवाद दिंदै समाजसेवी चन्दले गरेको समाजसेवा अतुलनीय र अमूल्य भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्