
दैलेख – सूर्य ज्योती लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडले दैलेखका नारायण नगरपालिका-३ र ६ का अतिविपन्न, दलित, द्वन्द्व पीडित ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । शुक्रबार पञ्चदेवलमा पुगी सूर्य ज्योती लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडको टोलीले एक सय जनालाई एक-एक वटा कम्बल र एक-एक वटा पछ्यौरा वितरण गरेको हो ।
सूर्य ज्योती लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रदेश इञ्चार्ज प्रेमप्रसाद अर्याल र क्षेत्रीय प्रवन्धक जयराम ढुंगाना समेतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको सूर्य ज्योती लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडका जिल्ला प्रवन्धक रबिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । इन्सुरेन्स कम्पनीले यति ठूलो सहायता बाँडेको दैलेखमा पहिलो पटक हो ।
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्