२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

दैलेखमा हरेक महिना पत्रकार पुरस्कृत गरिने



पुरस्कृत पत्रकार उदयराज अधिकारी (बीचमा)

दैलेख – नेपाल पत्रकार महासंघकाे हालै सम्पन्न केन्द्र, प्रदेश तथा एशाेसियट शाखा र जिल्ला शाखाकाे नयाँ कार्यसमितिले जिम्मेवारी एक महिना पुगेकाे छ । महासंघकाे दैलेख शाखाका अध्यक्ष अमर सुनारले कार्यभार सम्हालेको एक महिनामा समाचार लेखनमा पत्रकारहरुलाई प्रोत्साहित गर्न हरेक महिना एक जना पत्रकार पुरस्कृत गर्न थाल्नुभएको छ ।

धमाका राष्ट्रिय दैनिकमा ‘सामाजिक प्रतिष्ठाको सिकार अन्तरजातीय प्रेम’ शिर्षक समाचार लेखेका पत्रकार उदयराज अधिकारीलाई पुस महिनाको उत्कृष्ट समाचार निम्ति पाँच सय रुपैंयाँ नगद तथा कदरपत्र सहित एक औपचारिक कार्यक्रममा पुरस्कृत गरिएको छ । सिर्जनशील र माैलिक शैलीकाे समाचारकाे रूपमा छानिएकाे बताइएकाे छ ।

पूर्वमन्त्री सोमप्रसाद पाण्डे र महासंघका जिल्ला अध्यक्षले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गर्नुभयो । नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको अभिभावक भएकोले पत्रकारहरुलाई अप्ठ्यारोमा सहयोग गर्ने र क्रियाशीलहरुलाई प्रोत्साहित गर्न हरेक महिना पुरस्कार दिइने अध्यक्ष सुनारले बताउनुभयो । दैलेख डेटलाइनमा लेखिएका समाचारलाई समेटिने बताइएकाे छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार