भारतको राजस्थानमा ग्याँस बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा ११ जनाको मृत्यू भएको छ । राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्याँस ट्याङ्कर बिष्फोट हुँदा अन्य ३० जना घाइते भएका बताइएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्याँस ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विष्फोट भएको थियो ।
आगलागीबाट ट्रक र निजी कार सहित झण्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । ग्यास ट्याङ्करमा लागेको आगो निकै टाढासम्म फैलिएको थियो । यसैबीच भारत पेट्रोलियमले घटनामा मृत्यू हुने व्यक्तिका परिवारलाई जनही ६ लाख र घाइतेलाई २२ लाख भारु दिने घोषणा गरेको छ ।
प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्